रसिया। जारी २१ औं चरणको फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र मेक्सिकोविचको पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको छ ।
सामरा स्टेडियममा भएको पहिलो प्रि—क्वार्टरफाइनल खेलको पहिलो हाफसम्म दुवै टिमबाट कुनै पनि गोल हुन सकेन् । खेल शुरु भएको ७ मिनेटमा नै मेक्सिकोले प्रहार गरेको बल गोलपोष्ट माथिबाट बाहिरियो । आन्द्रेश गुरडाडोले दिएको क्रसलाई हिर्भिङग लोजानोले सदुपयोग गर्न सकेनन् ।
प्रतिस्पर्धात्मक खेलको २४ औ मिनेटमा स्टार स्ट्राइकर नेयमारको उत्कृष्ट प्रहार मेक्सिकोका गोलरक्षकले गुल्लेर्मो ओचोवाले सेभ गरेका थिए । लगतै २६ औं मिनेटमा फिलीप कौटिन्होले प्रहार पनि ओचवाले उत्कृष्ट बचाउ गरे । ३२ औ मिनेटमा नेयमारले दिएका पासलाई कौटिन्होले सहि सदुपयोग गर्न सकेन् र बल बाहिरियो । ३४ औ मिनेटमा ब्राजिलका गाब्रियल जिसस वान फर्सेस वानमा गोल गर्न चुके ।
३७ औ मिनेटमा कौटिन्हाले प्रहार गरेको बललाई मेक्सिकोका डिफेन्डरले क्लियर गरिदिए । ३९ औ मिनेटमा पाएको फ्रिकिकलाई नेयमारले सहि सदुपयोग गर्न सकेन र बल पोष्ट माथिबाट बाहिरियो । रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन र खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफको खेल केही बेरमा शुरु हुनेछ ।
सन् २०१२ को लन्डन ओलपिक्सको फाइनलमा ब्राजिललाई पराजित गर्दै मेक्सिकोले स्वर्ण पदक जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया