काठमाडौं । निरन्तर घटिरहेको नेपाली सेयर बजारमा यस साताको पहिलो कारोबार दिन आज उच्च अंकको वृद्धि भएको छ । आज सेयर बजार ३ दशमलव ९४ प्रतिशतले बढेको छ । यसदिन नेप्से परिसूचक १ सय १ अंकले बढेर करिब २६६८ बिन्दुमा उक्लिएको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज २२८ कम्पनीको ९० लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमा हरियाली छाएको छ । यस दिन जीवन बीमा समूहको सेयर मूल्यमा उछाल आएको छ ।
आज एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमार्जिंग नेपाल कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया