रसिया। बेल्जियम जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोस्तोभ एसिनामा सोमबारराति सम्पन्न भएको नकआउट चरणको खेलमा बेल्जियमले एशियाली राष्ट्र जापानलाई ३—२ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा पुगेको हो । विश्वकपको नकआउट चरणमा दुई—शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै खेल जित्ने बेल्जियम दोस्रो टोली बनेको हो ।
यसअघि सन् १९७० मा जर्मनीले इंग्ल्याण्डविरुद्ध यस्तै नतिजा निकालेको थियो । अब सेमिफाइनल प्रवेशको लागि बेल्जियमले बलियो प्रतिद्धन्दी ब्राजिलको सामना गर्नेछ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।
दोस्रो हाफको सुरुमा नै जापानले दुई गोल गर्यो । ४८ औं मिनेटमा गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको चार मिनेटपछि सिञ्जी कागावाको पासमा ताकासी इनुइले २५ यार्डबाट गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे ।
तर, बेल्जियमका लागि ६९औं मिनेटमा जान भर्टोनघानले हेडमार्फत गोल गर्दै खेललाई २—१ को स्थितीमा ल्याए ।
७४ औं मिनेटमा बेल्जियमका फेलाईनीले बराबरी गोल गर्दै खेललाई २—२ गोलको बराबरीमा पुर्याए ।
खेल सकिनै लाग्दा बेल्जियमका सब्सिच्युड स्ट्राइकर नासीर चाड्लीले पेनाल्टी एरियाबाट क्लोज रेञ्ज शट प्रहार गरि गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल बेल्जियमले ३—२ गोल अन्तरले जित्यो ।
यस अघि भएको पहिलो प्रि—क्वाटरफाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २—० गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया