रूपन्देहीमा लागु औषधसहित एकजना पक्राउ

रुपन्देही : रोहणी गाउँपालिका वडा नम्बर ४ का ३६ बर्षीय राजाराम धवल लागुअाैषधसहित बुटवल बसपार्कबाट पक्राउ परेका छन् । 

धवलको साथबाट फेनारगन , सेरिजैक , नुफिन र नाइट्रोसन बरामद भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

पक्राउ परेका धवलले भारतीय सीमावर्ती नाका सुनाैलीबाट लागु अाैषध ल्याएर बुटवललगायतका सहरमा बेच्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?