शेयरबजारका साढे ३ हजार डिम्याट खाता बन्द

काठमाडाैं : दुर्इभन्दा धेरै हितग्राही खाता (डिम्याट एकाउन्ट) खोलेका शेयर लगानीकर्ताका ३ हजार ४ सय ३८ वटा खाता बन्द भएको छ । 

पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले एकजना लगानीकर्तालार्इ दुर्इ भन्दा बढि खाताबाट शेयर कारोबार गर्न नदिन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) मा लगानीकर्ताले साढे ३ हजार खाता बन्द गराएका हुन् ।

सीडीएस एण्ड क्लियरिङ्गका अनुसार गएको साउनदेखि चालु असार दोस्रो सातासम्ममा बहुखाता हुने ३ हजार ४ सय ३८ एकाउन्ट बन्द गरिएको छ । 

एकभन्दा धेरै खाता हुँदा शेयर निष्काशन तथा बाँडफाँट एवं अाश्वा प्रणालीमै समस्या देखिएको भन्दै धितोपत्र बोर्डले दाेहोरो खाता बन्द गर्न निर्देशन दिएको थियो । तर, लगानी व्यवस्थापनमा संलग्न लगानीकर्ताले भने अावश्यकतअनुसार डिम्याट एकाउन्ट खोल्न पाउने व्यवस्था यथावत् छ। 

हालसम्म १२ लाख ७२ हजार ८ सय ४४ जना लगानीकर्ताले यस्तो हितग्राही खाता खोलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?