पानी आपूर्तिका लागि युएईले १२ हजार किलोमिटर टाढाबाट हिमखण्ड ल्याउने

एजेन्सी : संयुक्त अरब इमिरेट्स(युएई)ले पानीको हाहाकार हटाउन  १२ हजार किलोमिटर टाढा अन्टार्कटिकाबाट हिमखण्ड(आइसबर्ग) ल्याउने योजना बनाएको छ ।

युएईको यो परियोजनाका लागि ५ देखि १२ करोड अमेरिकी डलर बराबरको खर्च हुने अनुमान गरिएको छ ।

परियोजनाको शुरूवात २०१९बाट हुनेछ । आइसबर्ग पहिले अस्ट्रेलियाको पर्थ वा दक्षिण अफ्रिकाको केइपटाउनमा  ल्याइनेछ ।

यहाँ ल्याइएपछि यी आइसबर्ग तापक्रमबाट कसरी पगलिन जान्छ त्यसको अध्ययन गरिनेछ ।

यो अध्ययनबाट यो पानी कसरी युएईमा ल्यान निर्णय गरिनेछ ।

पूर्वयोजना अनुसार कार्यहरू ठीक ढंगले अगाडि बढे पानी २०२०सम्म युएईको फुजैराह तटमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

आइसबर्ग युएई ल्याइए केही समयका लागि यो पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।

आइसबर्ग ल्याउने जिम्मा नेशनल एडभाजरी ब्युरो लिमिटेडलाई दिइएको छ ।

कम्पनीका प्रवन्ध निर्देशक अल शेहीले भने “स्याटेलाइटको माध्यमबाट आइसबर्गको पहिचान गरी अन्टार्टिकाबाट युएईमा ल्याइनेछ ।

त्यसपछि  दुई जहाजको उपयोग गरी आइसबर्गलाई गति दिइनेछ । यी दुई जहाज मिलेर १० करोड टन वजनको आइसबर्गलाई तान्न सक्छन् ।

अन्टार्टिकाबाट आइसबर्ग ९ महिनामा युएईको फुजैराह तटमा ल्याइने योजना रहेको छ ।

आइसबर्ग ल्याइएपछि यसलाई ठूला ठूला टुक्रामा काटेर पगालेर पानीको रूपमा प्रयोग गरिनेछ ।

अन्तर्राष्ट्रिय सामुद्रिक कोडका अनुसार पानीका संसानहरूको प्रयोग जो सुकैले गर्न पाउनेछ ।

बर्फको पहाड पनि एक पानीको संसाधन  भएकाले यसको उपयोग गरिनेछ ।

आफूहरूले अन्टार्टिकाबाट अलग भएका टुक्रालाई ल्याउने उनले जनाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?