शुल्क घटाउने विद्यार्थी संगठनको अान्दोलन फेरि ‘ढिसमिस’

काठमाडाैं : ३ दिने शैक्षिक हड्तालसहित अान्दोलनमा उत्रिएको भनिएको ८ वटा विद्यार्थी संगठनहरूले निजी विद्यालय सञ्चालकहरूसँग पुरानै शैलीको सम्झाैता गर्दै अान्दोलनलार्इ 'ढिसमिस' पारेका छन् ।

यसअघि सत्ताधारी र प्रमुख प्रतिपक्षी दलहरूका विद्यार्थी संगठनले शुल्क घटाउन अान्दोलन गर्ने र अन्त्यमा सामान्य सम्झाैता गर्ने, तर अभिभावकले शुल्क घटेको कुनै महशुस नगर्ने स्थिती विद्यमान छ । तर, व्यवस्थासँग असन्तुष्ट भनिएका नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको विद्यार्थी संगठनसहित अन्य ८ संगठनको संयुक्त अान्दोलनलार्इ यो पटक पनि सामान्य र पुरानै सम्झाैताले बढारिदिएको हो ।

सोमबार राती शिक्षा मन्त्रालयमा सरकारी अधिकारीहरूसँगै निजी विद्यालयका सञ्चालकहरूसँको वार्तापछि विद्यार्थी संगठनहरूले अान्दोलनको कार्यक्रम पनि फिर्ता लिएका छन् । निकै धेरै शैक्षिक मुद्दाहरू अघि सार्दै यी संगठनहरूले यही असारको २०, २१ र २२ गते देशव्यापी शैक्षिक हड्ताल अाब्हान समेत गरेका थिए ।

अान्दोलनका कडा कार्यक्रम सार्वजनिक गरेर निजी विद्यालय सञ्चालकको 'चिसै पानीमा नुहाएका' संगठनहरूमा विप्लवदेखि गोपाल किराँती सम्मका विद्यार्थीका भातृ संगठनहरू हुन् । यी संगठनहरूले सोमबार राती १२ बजेतिर सरकारी अधिकारी, नीजि विद्यालय चलाउनेहरूको संस्था प्याब्सन र एनप्याब्सनका प्रतिनीधिहरूसँग वार्तामा बसेको जनाएका थिए ।

शुल्कबृद्दि फिर्ता लगायतका अान्दोलन घोषणा गरेका यी संगठनहरूलार्इ निश्क्रिय पार्न सरकारले नै निजी विद्यालयहरूलार्इ सुरक्षा दिने बताएको थियो । शैक्षिक हड्ताल फिर्ता नलिए कानुनअनुसार कारबाही गर्ने चेतावनी समेत सरकारले दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?