बाढी पहिरो अपडेट : सर्लाही प्रहरीद्वारा बाढीमा फसेका डेढ सयको उद्दार

गाैर : घाँस काट्न र खेतीपाती गर्न जाँदा बाग्मती नदीको बाढीमा फसेका डेढ सय नागरिकलार्इ प्रहरीले उद्दार गरेको छ ।

निकै ठूलो बाढी चलेको बाग्मती नदी र मनुसमारा खोलाको बीचमा उनीहरू फसेका थिए ।

धेरैजसो बालबालिका र महिलाहरू बाढीमा फसेपछि उद्दारका लागि प्रहरीले सक्रियता देखाएको थियो ।

सर्लाही प्रहरीको टोलीले बाढीमा फसेकालार्इ रातभर लगाएर उद्दार गरेको हो ।

उद्दार गरिएका सवै सुरक्षित रहेकाले बाग्मती नदीको बहाव कम भएपछि मात्र राैतहट फर्कार्इने सर्लाही प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?