काठमाडाैं : शेयर कारोबार गर्ने लगानीकर्ताले यही साउन मसान्तभित्र हीतग्राही खाता (डिम्याट एकाउन्ट) नवीकरण नगरे रोक्का हुने भएको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) ले हीतग्राही खाता भएका हरेक लगानीकर्ताले नयाँ अार्थिक बर्षसँगै अाफ्नो खाता नवीकरण गर्नुपर्ने जनाएको छ । समयमै नवीकरण शुल्क तिरी खाता अध्यावधिक गराउनुपर्ने र यसो नगरेमा नवीकरण नहोउन्जेलका लागि खाता रोक्का हुनेछ ।
डिम्याट खाता नवीकरण गर्दा एक अार्थिक बर्षका लागि नवीकरण शुल्कबापत १ सय रूपैयाँ र मेरो शेयर प्रयोगकर्ताले थप ५० रूपैयाँ तिर्नुपर्छ । अाफुले डिम्याट खाता खोलेको वित्तीय संस्थामा गएर यो खाता नवीकरण गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया