एजेन्सी : रुसले विश्वकप २०१८को आयोजनामा ११ अर्ब अमेरिकी डलर बराबरको खर्च गरेको छ ।
परामर्श दिने कम्पनी जेएलएलले जनाए अनुसार रुसले विश्वकप आयोजनामा ६खर्ब ८० अर्ब रुबल भन्दा बढी खर्च गरेको छ ।
आयोजक समितिको गृहकार्यको कागजात अनुसार सन् २०१८मा विश्वकपको अन्तम खर्च ६ खर्ब ८३ अर्ब रुबल खर्च भएको छ ।
सन् २०१३मा आयोजनाका लागि लाग्ने खर्चको अनुमान भन्दा यो खर्च १९ अर्ब रुबल बढी रहेको देखिएको छ ।
जेएलएलले जनाए अनुसार त्यसमध्येको अधिकांश खर्च ७१ प्रतिशत ४खर्ब ७३ अर्ब ८०करोड रुबल राजकीय बजेटबाट गरियो ।
हरेक रंगशालामा २० अर्ब ३० करोड लगानी लगाइएको छ । विश्वकप २०१८का लागि १२ रंगशाला ११ शहरमा बनाइएको छ ।
९५ तालिम स्थलहरू निर्माण एवं मर्मत गरिएको कम्पनीले जनाएको छ ।
यातायात पूर्वाधार क्षेत्रको लागत २खर्ब २८ अर्ब रुबल रहेको छ ।
यस तयारी अन्तर्गत १२ रेलवे स्टेशनहरूलाई आधुनिकीकरण र पुनसंरचना गरियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया