एजेन्सी : पेरिसको एक स्थानीय रेलवेमा जन्मेको शिशुलाई २५ वर्षसम्म निशुल्क रेल यात्रा गर्न पाउने उपहार प्राप्त भएको छ ।
जुन १८ का दिन पेरिसको स्थानीय रेलवेमा यात्रा गरिरहेकी एक महिलाले शिशु जन्माउदा अउबेर स्टशनमा रेल रोकियो ।
जन्मेको शिशु र आमालाई नजिकको अस्पतालमा पु-याइयो ।
रेलवे प्रशासनले ती महिला र शिशुलाई बधाइ र शुभकामना दियो ।
यातायात अधिकारीले शिशुलाई सबै सार्वजनिक यातायातमा यात्रा गर्न निशुल्क सुविधा उपलब्ध हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया