एजेन्सी :अमेरिकाले मध्यम र साना दूरीका क्षेप्यास्त्र नस्ट गर्ने सन्धी (आईनएफ)बाट हटने चेतावनी दिएको छ ।
अमेरिकाले रुसले शर्तहरूको उल्लंघन गरे आफू त्यो सन्धीबाट अलग हुने चेताएको हो ।
अमेरिकाको यो चेतावनी अमेरिकी प्रतिरक्षा मन्त्रालयको बजेट विधेयक २०१९को सन्दर्भमा जारी गरेको देखिएको छ ।
अमेरिकी दस्तावेजका अनुसार अमेरिकाले रुसी महासंघले सन्धी पालना गर्ने आधारमा आफूले त्यसलाई मान्ने छ ।
अमेरिकाले रुसले निरन्तर त्यसका उल्लंघन गरिएको आरोप लगाएको छ ।
प्रतिरक्षा बजेट कार्यान्वयनमा आइसकेको चार महिना पछि अमेरिकी राष्ट्रपतिले आइएनएफको उल्लंघन गर्नेहरूको नाम घोषणा गर्ने भएका छन् ।
स्मरणीय छ सन् २०१९मा अमेरिकाको प्रतिरक्षा बजेट ७ खर्ब १६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया