काठमाडौं । टीएमएसमा देखिएको समस्या समाधान नभएपछि सोमबारको सेयर कारोबार बन्द भएको छ । ब्रोकर डाटा सेन्टरमा समस्या आएपछि करिब दुई घण्टा मात्रै खुलेर रोकिएको बजार आजको लागि बन्द भएको हो ।
आज दिउँसो १२ बजेर ५३ मिनेटपछि टीएमएसमा समस्या आएको थियो। करिब ३० वटा ब्रोकरको टीएमएसमा समस्या देखिएपछि नेप्सेले १२ बजेर ५३ मिनेटमा सेयर कारोबार स्थगित गर्दै प्राविधिक समस्या समाधान भएपछि सुचारु गरिने जनाएको थियो।
तर, समस्या समाधान नभएपछि आज बाँकी समयको कारोबार नेप्सेले स्थगित गरेको हो।
करिब २ घन्टाको अवधिमा नेप्सेमा शून्य दशमलव १५ अंकले बढेको छ। सो अवधिमा कारोबार १ अर्ब ३४ करोड रुपैयाँ बढीको भएको नेप्सेले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया