किर्ते कागजात पेश गरी सवारी चालक अनुमतिपत्र बनाउने  धन्दाको यसरी भयो पर्दाफास

विदेशबाट जारी भएको सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा किर्ते कागजात पेश गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने ३ जना  पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा बिचौलियाको भूमिका निर्वाह गर्ने ४ जना सहित ७ जना छन् ।

सवारीचालक अनुपतिपत्र बनाउन दिनेहरु काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने ३३ बर्षीय आङकुसाङ शेर्पा, डाँछी नयाँपाटी बस्ने ३० बर्षीय अमित पुर्पेटी, काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ४६ वर्षीय लछु लामा तथा सवारीचालक अनुमतिपत्र बनाउन सहयोग गर्नेहरु काठमाडौं महानगरपालिका ८ जोरपाटी बस्ने ६१ बर्षीय श्रीप्रसाद बुढाथोकी, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका९५ बस्ने २४ वर्षीय नोर्बु लामा, काभ्रे ईन्द्रावती गाउँपालिका बस्ने सिन्धुपाल्चोक सिम्पालका ४१ वर्षीय जर्सिङ तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका९४ सितापाईला बस्ने ५२ वर्षीय रामचन्द्र गौतम रहेको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको टोलीले उनीहरुलाई महाराजगंज, जोरपाटी र चाबहिलबाट पक्राउ गरेको हो ।

उनीहरु उपर सरकारी छाप दस्तखत किर्ते मुद्धामा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?