बजारमा बदमासी गर्ने जो कोहीलाई छोडिन्न : महानिर्देशक पुडासैनी (भिडियो सहित )

औद्योगिक उत्पादनहरूको गुणस्तरमा सुधार ल्याई परिमाणात्मक वृद्धि गर्ने उद्देश्यले  नेपाल गुणस्तर तथा नापतौल विभागको स्थापना भएको हो ।

यस विभागले उद्यमी, व्यापारी तथा उपभोक्ताहरूमा सेवाका साथै औद्योगिक उत्पादन तथा व्यापारिक लेनदेनमा सेवा प्रदान गर्दै आइरहेको छ ।  

यद्यपी बजारमा वस्तुहरुको गुणस्तरमा ह्रास आएको सर्वसाधारणको गुनासो छ ।  खास कुरा के हो ?  

यसै सन्दर्भमा लोकपथकर्मी अनिता आचार्यले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु विश्वबाबु पुडासैनी सँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :

आमजनता अहिले नापतौल विभागबाट भइराखेका कामबाट त्यति सन्तुष्ट देखिँदैनन् । यस विषयमा के भन्नु हुन्छ ?

व्यवसायीहरुले नाप्ने, तौलने यन्त्रहरु जाँच गरेर, नियमित नविकरण गरेर प्रयोग गर्नु पर्छ ।

हामीले त्यसको नियमित अनुगमन गरिराखेका हुन्छौँ। समय समयमा नाप्ने यन्त्रहरुको  कैफियत त्रुटि छ कि छैन भनेर पनि हामीले नियमित अनुगमन गरिराखेका हुन्छौँ।

हामीले आफ्नो काम गरिरहेका छौँ । हाम्रोमा ठूला बजारहरुको विस्तार भइरहेको छ ।

त्यसकारण आमजनता पनि यस विषयमा उत्तिकै सचेत रहनुपर्ने हुन्छ ।  

यद्यपी बजारमा कमि कमजोरी  देखिएको भन्ने कुरा साँचो होईन । हामी निरन्तर निगरानी गरिरहेका छौँ । 

 

गुणस्तरिय नापतौल पाउनु त हरेक ठाउँका सर्वसाधारणको अधिकार होइन र ? राजधानीकेन्द्रित भएर काम भइरहेको हो कि ?

पहिला राजधानी बाहिर ८ वटा विभाग मात्र थिए भने अहिले हाम्रा ११ वटा कार्यालयहरु स्थापना भइसकेका छन् । यसको उद्देश्य भनेकै नेपालको हरेक ठाउँमा बसोबास गर्ने सर्वसाधारणले सहजै गुणस्तरिय वस्तु उपभोग गर्न पाउनुहोस् भन्ने हो । हामी बजारको शुद्धिकरणमा लागिपरेका छौँ । आफ्ना कार्यहरुमा सुधार ल्याउन जरुरी छ भन्ने हामीले महसुस गरिसकेका छौँ

पहिला राजधानी बाहिर ८ वटा विभाग मात्र थिए भने अहिले हाम्रा ११ वटा कार्यालयहरु स्थापना भइसकेका छन् ।

यसको उद्देश्य भनेकै नेपालको हरेक ठाउँमा बसोबास गर्ने सर्वसाधारणले सहजै गुणस्तरिय वस्तु उपभोग गर्न पाउनुहोस् भन्ने हो ।

हामी बजारको शुद्धिकरणमा लागिपरेका छौँ । आफ्ना कार्यहरुमा सुधार ल्याउन जरुरी छ भन्ने हामीले महसुस गरिसकेका छौँ ।

त्यसको लागि अनुगमनहरु अझ कडाइका साथ लागू गर्नेछौँ ।

अहिले भइराखेका शाखा कार्यलयहरु कतिको पर्याप्त छन् ?

पर्याप्त छैनन् । राज्यमा विभिन्न प्रदेश र स्थानीय तहको विकास भएकाले आगामी दिनहरुमा स्थानीय निकाय र प्रदेशमा संगठनको विस्तार गर्न जरुरी छ ।

स्थनीय निकायहरुमा नापतौललाई कसरी सशक्तिकरण गर्ने र उहाँहरुसँग सहकार्य गरेर अघि बढ्ने भन्ने विषयमा हामी विशेष जोड दिनेछौँ ।

पर्याप्त मात्रामा नियमकानुन बनेका छन् त ?

हाम्रोमा अझै पनि पुरानै नियमकानुनको पालना गरिन्छ । समयसापेक्ष भएर यसलाई संशोधन गर्न आवश्यक छ ।

यो हामीलाई राम्रोसँग थाहा छ ।

संशोधनको मस्यौदा पनि तयार गरिसकेका छौँ । अब विस्तारै यसलाई लागू गर्छौं र समसामयिक रुपमा आवश्यकता अनुसार यसलाई परिमार्जन गर्नेछौँ । 

एनएस चिह्न जथाभावि ढङ्गले बाँडेको भन्ने आरोप छ । के भन्नुहुन्छ ?

एनएसको विषयमा विभाग यति कटिबद्ध छ कि उपभोक्ताहरुले एनएस अंकित वस्तु निर्धक्क भएर प्रयोग गर्न सक्नु हुन्छ ।

मलाई जहाँसम्म लाग्छ यसले कसैलाई असर पु–याएको छैन । 

यदि यस्तो शंका छ भने हामी शंकास्पद वस्तुहरुको रिप्लेस्मेन्ट गराइदिन्छौँ । यस्तो केही पाइएमा हामी क्षतिपूर्ति दिन पनि तयार छौँ ।

उजुर कहाँ गर्ने ?

उपभोक्ताले बजारको कुनै पनि वस्तुको गुणस्तरमा त्रुटि पाउनुभयो भने वा नाप तौल सम्बन्धी जस्तोसुकै समस्या देखा परेमा उजुर गर्नका लागि दुईवटा निकाय छन् ।

एउटा गुणस्तर तथा नापतौल विभाग बालाजु ।

अर्को चाहिँ हाम्रो प्रत्यक्ष सम्बन्ध हुने निकाय अर्थात् जिल्ला प्रशासन कार्यालय । 

एनएस चिह्न के को आधारमा दिनुहुन्छ ? यसका मापदण्डहरु के के हुन् ?

कुनै सेवाग्राहीले वा कुनै उत्पादक, उद्यमीले आफ्नो वस्तुमा एनएस चिह्न राख्न चाहेमा आफ्नो स्वइच्छाले राख्न सक्छन् ।  केही वस्तुमा मात्र एनएस अनिवार्य हुन्छ । अहिले हामीसँग ११ वटा वस्तु छन् जसमा हामीले एनएस अनिवार्य गरेका छौँ । जस्तै एलपीजी प्लान्ट, डन्डी, सिमेन्ट आदि । 

एनएस चिह्न प्रदान गर्नु अघि हरेक वस्तुको राष्ट्रिय गुणस्तर निर्धारण गरिएको हुन्छ जसलाई हामी नेपाल गुणस्तर भन्छौँ ।

कुनै सेवाग्राहीले वा कुनै उत्पादक, उद्यमीले आफ्नो वस्तुमा एनएस चिह्न राख्न चाहेमा आफ्नो स्वइच्छाले राख्न सक्छन् । 

केही वस्तुमा मात्र एनएस अनिवार्य हुन्छ । अहिले हामीसँग ११ वटा वस्तु छन् जसमा हामीले एनएस अनिवार्य गरेका छौँ ।

जस्तै एलपीजी प्लान्ट, डन्डी, सिमेन्ट आदि । 

एनएस दिने प्रक्रियाको विषयमा कुरा गर्दा ; सर्वप्रथम कच्चापद्धार्थको व्यवस्थापन, दोस्रो उसको उत्पादन प्रक्रिया र अर्को उत्पादित वस्तुको उद्देश्य ।

यी ३ कुरालाई मध्यनजर गरेर हामी उत्पादक, उद्यमीलाई एनएस वितरण गर्छौं ।

रडमा चाहिँ कसरी हेर्नुहुन्छ ?

रडमा पनि एनएस चिह्न लागेकै हुन्छ । कुनै पनि रडको गुणस्तर थाहा पाउनका लागि त्यसमा एनएस चिह्न छ कि छैन भनेर विचार गर्नुपर्छ ।

यदि बेन्डीङ्ग गर्दा रड चर्कियो भने त्यस्ता रडहरु गुणस्तरहीन हुन्छन् । 

तर हामी नियमित जाँच गरिराखेका हुन्छौँ । हाम्रो बजारमा त्यस्ता गुणस्तरहीन रडहरु सप्लाई भइरहेका छन् जस्तो त मलाई लाग्दैन ।

त्यसैले उपभोक्ताले ढुक्क भएर प्रयोग गर्दा हुन्छ । 

ग्रामीण क्षेत्रमा चाहिँ गुणस्तरको जाँच कसरी हुन्छ ?

ग्रामीण क्षेत्रमा पनि हामीले यस्ता जाँचको पहुँच बढाएका छौँ ।

जनकपुर, दोलखा, रुकुम आदि जस्ता ठाउँहरुमा केकस्तो अवस्था छ भनेर अनुगमन गरिरहेका हुन्छौँ ।

कति प्राविधिक क्षेत्रबाट आएका सूचनाले पनि यस्ता वस्तुहरुको व्यवस्थापनमा सहयोग पुगेको छ । 

अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नको लागि के छ कमीकमजोरीहरु ?

यसमा हामीले ३ वटा मुख्य कामहरु गर्नुपर्छ । 

पहिलो भनेको नेपाल गुणस्तर तर्जुमा गर्छौं, दोस्रो गुणस्तरको प्रमाणीकरण र तेस्रोमा परिक्षण ।

मुख्य कमजोरी भन्नुपर्दा हाम्रो देश नै उत्पादनतर्फ त्यति विकास भएको देखिँदैन । 

त्यसैले हामी यसलाई विकास गर्ने र अन्तर्राष्टिय बजारतर्फ उन्मुख गराउने प्राविधिक रोकावटहरुलाई कम गर्ने प्रयास गर्नेछौँ । 

अन्तिममा के भन्न चाहनुहुन्छ ?

एनएस चिह्न लागेका वस्तुहरु गुणस्तरिय हुन्छन् । यसमा हाम्रो कडा निगरानी रहन्छ ।

त्यसैले उपभोक्तहरुलाई निर्धक्कका साथ प्रयोग गर्न आग्रह गर्दछु ।

यस विषयमा यदि कसैलाई गुनासो छ वा कुनै त्रुटि भएको अनुभव गर्नुभयो भने हामीलाई बालाजु नेपाल नापतौल विभागमा आफै गएर वा टेलिफन, चिठी जस्ता माध्यम मार्फत पनि उजुर गर्न सक्नुहुन्छ । 

हामी आफ्नो तर्फबाट जतिसक्दो प्रयास गर्नेछौँ । प्रयोगकर्ताहरुले पनि आफूले प्रयोग गरिरहेको वस्तु र सेवाहरु कति गुणस्तर छन् भन्ने जानकरी राख्ने बानी बसाउन जरुरी छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?