रसिया। स्वीडेन जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सेन्ट पिटर्सवग स्टेडियममा मंगलबारसाँझ भएको पहिलो प्रि—क्वार्टरफाइनल खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १—० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
खेलको ७ मिनेट पनि बित्न नपाउँदै स्वीट्जरल्याण्डका लागि एलान स्वाइनगु्रबरको प्रहार स्वीडेनका डिफेन्डरले क्लियर गरिदिए । लगतै स्वीडेनका अलेक्जान्द्र जोन्सन काउन्टर एटाकमा चुके ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा सुधारिएको खेल खेलेको स्वीडेनले खेलमा अग्रता लियो । खेलको ६६ औं मिनेटमा स्वीडेनका अमिल फोर्सवर्गले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्तिममा फोर्सवर्गले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
खेल सकिनै लाग्दा स्वीडेनका मार्टिन ओल्सनलाई लडाएपछि स्वीट्जरल्याण्डका मिचेल लंग रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । रेफ्रिले पेनाल्टी दिएपनि भारले सो निर्णयलाई गलत साबित गर्दै फ्रिकिकि दिएका थिए ।
निर्धारित ९० मिनेटको समयसम्म स्वीट्जरल्याण्डले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल १—० ले हार्यो । हार प्रश्चात स्वीट्जरल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
स्वीस टिमका कप्तान स्टेफन लिचेस्टाइनर र फाबिन स्चरको अनुपस्थिति टोलीका लागि महँगो साबित भएको छ । दुई पहेँलो कार्डका कारण यी दुई खेलाडीले प्रि—क्वाटरफाइनलको खेल गुमाएका थिए ।
हारसँगै स्वीट्जरल्याण्डको ६४ वर्षपछि अन्तिम आठमा पुग्ने सपना तुहिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया