इङ्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा, पेनाल्टीमा चुक्यो कोलोम्बिया

काठमाडौं– पेनाल्टी सुटआउटमा कोलोम्बिया चुक्दा इङ्ल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको  छ ।   निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा भने इङ्ल्याण्ड ४–३ ले विजयी भयो । जसमा कोलम्बियाका दुई खेलाडीले पेनाल्टी मिस गरे ।
बुधबार बिहान सम्पन्न खेलको सुरुमा पेनाल्टी हानेका कोलोम्बियाका राडामेलले बललाई जाली चुमाए । लगत्तै इङ्ल्याण्डका ह्यारी केनले पनि बललाई जाली चुमाउँदै एक–एकको बराबरी गरे ।
यस्तै कोलोम्बियाका जाउनले पनि गोल गर्दै टीमलाई २–१ को अवस्थामा पुर्याउँदा इङ्ल्याण्डका मार्सकले प्रहार गरेको पेनाल्टीले पनि गोलको दिसा लियो ।  त्यसपछि कोलम्यिाका लुइस मुरियले पुन पेनाल्टी गोल गर्दा इङ्ल्याण्डका जोर्डन हेन्डरर्सनले पेनाल्टी मिस  गरे । यतिबेलासम्म इङ्ल्याण्ड ३–२ को अवस्थामा रहँदा  पेनाल्टी हान्न आएका कोलोम्बियाका माटेउसले पनि मिस गरे । त्यसपछि इङ्ल्याण्डका किरन ट्रिपियरले गोल गरेर ३–३ को अवस्थामा टोलीलाई पुर्याउँदा त्यसपछि पेनाल्टी हानेका कोलोम्बियाका कार्लोसले फेरि  मिस गरे । त्यसपछि इङ्ल्याण्डका इरिक डिएरले  गोल गरे र  इङ्ल्याण्ड  ४–३ ले विजयी भयो ।
यसअघि इङ्ल्याण्डका ह्यारी केनले पेनाल्टीबाटै खेलको ५७ औं मिनेटमा गोल गरेका थिए भने इन्जुरी समयमा कोलम्बियाका येरी मिनाले  बराबरी गोल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?