मुग्लिङ सडकमा फेरि पहिरो खस्यो, यातायात ठप्प

रत्ननगर : चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ ।

पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?