कागको चातुर्यले वैज्ञानिक भए चकित

एजेन्सी : कथाहरूमा कागको चातुर्यबारे पढेको सुनिएको भएपनि वैज्ञानिकहरू नै कागको चतुरताबट चकित भएका छन् ।

समस्याको समाधान खोज्ने कथाको रूपमा भाँडोको पिँधमा रहेको पानीलाई माथि ल्याउन साना साना ढुंगा खसालेर पानी खाएको कथा चर्चित नै छ ।

तर यो अब कथा नभएर वास्तविक नै हुन सक्ने वैज्ञानिकहरूले पता लगाएका छन् ।

स्कटल्यान्डमा यस्ता कागहरूको व्यवहारबाट वैज्ञानिक चकित भएका हुन् ।

ती कागहरूले माछा समात्न औजार बनाउन सक्ने र त्यसको उपयोग समेत गर्न सक्ने क्षमता प्रदर्शन गरेका छन् ।

यस्तै एक चतुर काग एमा हो । एमाले एक वेडिंग मेशिनबाट आफ्ना लागि खाना बन्दोबस्त गर्न सकछन् ।

उसले मेशिनमा कागजका साना साना टुक्रा हाल्छ र यसो गर्दा त्यो मेशिनबाट खानेकुरा तल राखिएको बाकसमा झर्छ र उसले टिप्छ ।

यति मात्रै होइन जटिल समस्याको समाधान पनि कागले गरेको पाइएको छ ।

एक कागले काठको सानो मसिनो टुक्राले कीरा समातेको क्रियाकलाप रेकर्ड गरिएको छ ।

कागले कीरालाई वाक्कदिक्क नभएसम्म त्यो मसिनो काठको टुक्राले जिस्काइरहेको दृश्य रेकर्ड गरिएको छ ।

कागहरूका लागि बनाइएको वेडिंग मेशिन डिजाइन गरिएको छ ।

त्यो मेशिनलाई कागले राम्ररी उपयोग गरेर आफ्नो चुतरताको प्रमाण दिएको छ ।

वैज्ञानिकहरूले चराहरूको बुद्धिमत्ता परीक्षण गर्न वेडिंग मेशिनको प्रयोग गरिरहेका छन् ।

न्यू क्यालेडोनियामा चराहरूका लागि एक विशेष किसिमको विशाल पिजरा बनाइएको छ ।

ती कागहरूलाई जंगलमा पठाउन अघि यहाँ उनीहरूको बुद्धिमत्ताको परीक्षण गर्ने गरिन्छ ।

क्याम्ब्रिज विश्वविद्यालयकी डा. सारा जेलबर्टले यो मेशिनको निर्माण गरेकी छिन् ।

मेशिनमा मासुको सानो टुक्रा राखिएको हुन्छ । त्यसमा कागजका टुक्राहरू पनि हुन्छ ।

यसमा कागलाई कागजका साना साना टुक्रा राख्नुपर्ने हुन्छ ।

त्यसो गरेपछि मेशिनबाट मासुको टुक्रा तल राखिएको बाकसमा झर्छ र त्यो मासुको टुक्रा कागले खान सक्छ ।

डा. जेलबर्टले बताइन“ कागलाई पहिले साना साना टुक्रा दिइन्छ ।

जब उनीहरूले साना साना टुक्राको मदतबाट खाना निकाल्न सिक्छ त्यसपछि साना साना टुक्राको ठाउँमा कागजको ठूलो टुक्रा राखिन्छ ।

यो प्रयोग ८ कागहरूमा गरियो । ठूलो टुक्रा कागजलाई उनीहरूले सही आकारमा टुक्रा गर्न सकेको अध्ययनमा पाइयो ।

उनका अनुसार यो व्यवहारगत सिकाइमा मानिस र कागबीच धेरै व्यवहार मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?