खोलामा डुबेर कैलालीमा २ बालकको मृत्यु

कैलाली : खोलामा डुबेर कैलालीको गाैरीगंगा नगरपालिका-११, शिवपुरमा २ जना बालकको मृत्यु भएको छ । 

कटैनी खोलामा नुहाउन गएका ८ बर्षीय सचिन भुल र १२ बर्षीय अम चाैधरीको मृत्यु भएको हो । उनीहरू मंगलबार साँझ खोलामा नुहाउन गएका थिए । 

खोलामा डुबेका उनीहरूलार्इ स्थानीयले उद्दार गरी अस्पताल लगेपनि उपचार गर्दागर्दै उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?