कफीले आयु बढाउने

एजेन्सी : कफी पिउनाले जीवन लामो हुने हालै गरिएको एक अध्ययनले देखाएको छ ।

१ देखि ८ कप कफी दैनिक पिउने बेलायत भरिका ५ लाख मानिसमा यो अध्ययन गरिएको हो ।

मेडिकलर जर्नल जामामा यो अध्ययन प्रतिवेदन प्रकाशित भएको छ ।

२ देखि ३ कप दैनिक पिउने मानिसमा कफी न पिउने मानिसको भन्दा जीवनको जोखिम १२ प्रतिशत कम हुने गरेको देखिएको राष्ट्रिय क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।

यो अध्ययनमा ३८ देखि ७३ वर्ष उमेरका व्यक्तिहरूलाई समावेश गरिएको थियो ।

केही चिकित्सक पेशाकर्मीहरूले अझ कफी बानी शुरू नगर्न चेताएका छन् ।

कफीले पुरानो रोगको रोकथाम गर्छ भन्ने विषयमा विश्वसनीय आधार नभएकाले उनीहरूले कफी खाने बानी नबनाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?