घोडाको दन्तचिकित्सा ३ हजारवर्ष पुरानो

एजेन्स : घोडाको दाँतका समस्याको समाधान गर्ने दन्त चिकित्सा ३ हजार वर्ष पुरानो भएको पता लागेको छ ।

मानिसका दाँतमा हुने समस्या जस्तै घोडाकोमा हुने गरेकोले तिनको दाँतको हेरचाह गर्ने व्यवहार मंगोलियन घोडा पालकहरूले शुरू गरेको देखिएको पुरातात्विक प्रमाणबाट पुष्टि भएको हो ।

मंगोलियन क्षेत्रका प्राचीन घोडाको कंकालबाट यस्तो जानकारी प्राप्त भयो ।

घोडाको स्वास्थ्यको हेरचाह गर्नु त्यतिखेरका मानिसहरूका लागि आवश्यक थियो ।

मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान घोडाको उपयोग गरिरहेका थिए ।

घोडा उनीहरूको युद्धको हतियार थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?