नाडेपको शेयर ४३ हजार २ सय जनाले पाए

काठमाडाैं : नाडेप मार्इक्रोफार्इनान्सको साधारण शेयर (अार्इपीअो) बाँडफाँट भएको छ । तोकिएको कित्ताभन्दा २३ गुणा वढि अावेदन परेपछि गोलाप्रथाबाट ४३ हजार २ सय लगानीकर्ताले १० कित्ताका दरले अार्इपीअो प्राप्त गरेका छन् ।

असार १० देखि १३ गतेसम्म अाब्हान गरिएको नाडेपको अार्इपीअोमा २ लाख १९ हजार ९१ जनाले अावेदन दिएका थिए । ४ सय ७४ जनाको अावेदन रद्द भएको छ । प्रतिकित्ता १ सय रूपैयाँका दरले नाडेपले ४ लाख ८० हजार कित्ता अार्इपीअो बेचेको हो ।

अार्इपीअो बेचेसँगै नाडेपको चुक्ता पूँजी १६ करोड रूपैयाँ पु-याउने बाटो खुलेको छ । हाल यो मार्इक्रोफार्इनान्सको चुक्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?