काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगलागीमा परेका ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ । बैंकको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फागुन २८ गते जिल्ला सत्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.वडा नं.४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ ।
ऊक्त राहत वितरण कार्यत्रममा कृष्णासवरन गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो ।
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया