काठमाडौं । जापानका केइसुके होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् ।
जारी विश्वकप फुटबल अन्तर्गत गत सोमबार राति सम्पन्न प्रि—क्वार्टरफाइनल खेलमा जापान बेल्जियमसँग पराजित भएसँगै होन्डाले सन्यास लिएको घोषणा गरेका हुन् ।
बेलिजयमविरुद्धको खेलमा जापान ३—२ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
इटालियन क्लब एसि मिलानका पूर्व मिडफिल्डर होन्डाले जापानले पछिल्लो समयमा गरेको प्रर्दशन अरु एसियाली देशको फुटबल भन्दा धेरै माथि रहेको समेत बताए । साथै उनले नयाँ युवा खेलाडीहरुले आगामी विश्वकपमा जापानको इतिहास लेख्ने पनि जानकारी दिए ।
रसिया विश्वकप आफ्नो अन्तिम भएको भन्दै होन्डाले जापानलाई अघिल्लो चरणसम्म पुर्याउन नसकेकोमा दुःख व्यक्त गरे ।
३२ वर्षिय होन्डाले जापानबाट ९७ खेल खेल्दै ३७ गोल गरिसकेका छन् । सन् २००८ देखि राष्ट्रिय टिमबाट खेल खेलेका होन्डाले तेस्रो पटक विश्वकपमा सहभागिता जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया