काठमाडौं । सरकारले बंगलादेशसँग ऊर्जा सहकार्य सम्झौता गर्ने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बंगलादेशलाई सम्झौता गर्ने मिति तय गर्न पत्र पठाएको छ ।
सिंचाई मन्त्रालयले बंगलादेश सरकारलाई करिब ६ महिना अघि पत्र पठाएको थियो । तर, बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि पुनः पत्र पठाएको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेलले जानकारी दिए ।
प्रवक्ता घिमिरेलका अनुसार सिंचाई मन्त्रालयले करिब २ वर्ष अघि नै बंगलादेशसँग ऊर्जा सहकार्य सम्झौताको प्रक्रिया अघि बढाएको हो ।
मन्त्रिपरिषद्ले बंगलादेशसँग गर्ने सम्झौतालाई पास गरिसकेको छ भने दुई देशबीच सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको उनले बताए ।
‘बंगलादेश सरकारकै आग्रह अनुसार हामीले प्रक्रिया अघि बढाएका छौं’ उनले भने, ‘यसले बंगलादेशका लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया