मुम्बई – सलमान खानको फिल्म ‘रेस ३’ इदको मौका पारेर रिलिज भएको थियो । पहिलो विकेन्डमा फिल्मले शानदार व्यापार गरेपनि त्यसपछि भने फिल्मको व्यापार धराशायी बनेको थियो ।
दोस्रो सप्ताहसम्म आउँदो यो फिल्मका दर्शक औंलामा गन्न सकिने गरी आए । फिल्मको लाइफटाइम कलेक्सन पनि १ सय ६५ करोड मात्र भयो । कसैले पनि कल्पना गरेका थिएनन् कि, सलमानको यो फिल्म यति मात्र व्यापार गर्ला भनेर ।
फिल्म निकै नै झुर भनेर प्रतिक्रिया आइरहेको थियो । रेमो डिसुजाले निर्देशन गरेको यो फिल्मलाई स्टारकास्टले पनि जोगाउन सकेनन् । सामाजिक सञ्जालमा पनि फिल्मका बारेमा गाली मात्रै दिए ।
अब सवाल उठ्छ, फिल्म हिट कि फ्लप?
निर्माताका लागि यो फिल्म ब्लकबस्टर नै होला तर यो फिल्मलाई फ्लप भनेर भनिएको छ । पूरै अधिकार बेच्दा पनि फिल्मले झण्डै १ सय करोड कमाएको छ ।
यो फिल्मको व्यापार सलमान खानको प्रतिष्ठा अनुसार छैन । त्यसो त सलमान खानको फिल्मले ३ सय करोड कमाओस् भन्ने पनि जरुरी छैन तर लागतको तुलनाका हिसाबले जति व्यापार गर्नुपर्ने हो, त्यति व्यापार गर्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया