यसरी तोडियो प्रदीप पौडेलको नेतृत्वमा निषेधित क्षेत्र, (फोटो र भिडियोसहित)

सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको एक हप्ता नपुग्दै निषेधित क्षेत्र तोडिएको छ । 

बुधबार नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा माइतीघर मण्डलामा जम्मा भएका कांग्रेस नेता कार्यकर्ताले निषेधित घेरा तोड्दै सरकारको विरुद्धमा चर्को नाराबाजी गरेका हुन् । 

निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतका नारा लगाउँदै उनीहरुले माइतीघर मण्डला परिक्रमा गरेका थिए । 

भने प्रहरी र प्रदर्शनकारीबिच केहिबेर तनाव सिर्जना भएको थियो ।

प्रहरीको धरपकडमा  परी नेविसंघ नेता निरञ्जन थापा, अर्वत थापा लगायत आधा दर्जन प्रदर्शनकारी घाईते भएका थिए । 

प्रदर्शनलाई लक्षित गरी माइतीघर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

केहिबेर त्यहाँको सवारी आवागमन प्रभावित बनेको थियो । 

सरकारले काठमाडौंको माइतीघर लगायत सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि निश्चित ७ ठाउँ तोकेको छ ।

सरकारले माइतिघर मण्डलालाई निशेधित क्षेत्र तोकेकोप्रति जनताको मौलिक हक कुण्ठित गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाउदै आएको  छ । हेर्नुहोस् (फोटो फिचर)

 

h

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?