काठमाडौं। इंग्ल्याण्ड टिमका कप्तान ह्यारी केनले जारी फिफा विश्वकप फुटबलमा कोलम्बियाविरुद्ध गोल गर्दै ग्यारी लिनेकेरको रेकर्डसँग बराबरी गरेका छन् ।
लिनेकेरले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डका लागि ६ गोल गर्दै कीर्तिमान राखेका थिए । यता कप्तान कनेले कोलम्बियाविरुद्धको खेलमा ५७ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जारी विश्वकपमा छैटौं गोल गर्न सफल भए।
सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका केनलाई पछयाइरहेका बेल्जियमका रोमेलु लुकाकु दोस्रो स्थानमा छन् । लुकाकुले विश्वकपमा ४ गोल गरेका छन्। ४ गोल गरेका अर्का खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् ।
कप्तान केन विश्वकपका गोल्डेन बुट जित्ने दोस्रो इंग्लिस खेलाडी हुने अर्को कीर्तिमानको नजिक छन्। यसअघि लिनेकरले विश्वकपमा पहिलो पटक गोल्डेन बुट जित्दै इंग्ल्याण्डका लागि इतिहास रचेका थिए ।
विश्वकपको ३ खेलमा सबैभन्दा बढि गोल गर्ने केन तेस्रो खेलाडी समेत बनेका छन्। यसअघि हंगेरीका सान्दोर कोक्सीसले विश्वकपका सुरुवाती ३ खेलमा ९ गोल र अर्जेन्टिनाका गुइलेर्मो स्टाबिनले ७ गोल गरेका थिए।
त्यस्तै केन सन् १९३९ पछि विश्वकपमा आफूले खेलेका ३ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन्। केनले इंग्ल्यान्डका लागि पछिल्ला १० खेलमा १४ गोल गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया