र्इलाममा तस्करी गर्न लागिएको अवैध चुरोट र गोरु नियन्त्रण

मंगलबारे :नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ । 

इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले चुरोट बरामद गरेको हो । नियन्त्रण गरिएको चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । 

त्यस्तै, गत असार १८ गते राति १० बजे सूर्योदय नगरपालिका–३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चारवटा पिकअप गाडीमा लोड गरिएका २६ वटा गोरुसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

अवैधरुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले गोरु फेला पारेपछि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका गोरुसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगरमा बुझाइएको छ । इलामको पशुपतिनगर भारतसंगको सीमावर्ती क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?