एजेन्सी : विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच हुने व्यापार युद्ध शुरूवाती चरणमा उभिएको छ ।
यसको दुष्प्रभावले अरूलाई प्रभावित गर्ने भएको छ ।
चीन र अमेरिकाले एक अर्काको उत्पादित वस्तुमा महशुल बढाएर जस्ताको तस्तै नीति अपनाएका छन् ।
यसले थपिएको २५ प्रतिशत महशुलले वस्तुहरू २५ प्रतिशतले महँगो हुनेछ ।
चीनमा निर्मित सेमिकन्डक्टर चिप जस्ता प्रविधि वस्तु महँगो हुनेछ ।
यी वस्तुहरू टेलिभिजन, पर्सनल कम्प्युटर, स्मार्टफोन र कारहरूमा प्रयोग हुन्छन् ।
प्लास्टिक, परमाणु रिएक्टर र दुधशालामा प्रयोग गरिने उपकरणबाट निर्माण हुने बृहत क्षेत्रका विभिन्न उत्पादन महँगो हुनेछ ।
पीटर्सन इन्स्टिच्युट अफ इन्टरनेशनल इकोनोमिक्स अनुसार अमेरिकी महशुल वृद्धिबाट सूचीकृत ९० प्रतिशत वस्तुहरू मध्यमस्तरका कच्चा पदार्थ वा पुँजीगत उपकरणको रूपमा रहेका छन् ।
यस्ता वस्तुबाट बन्ने अन्तिम वस्तुको मूल्यमा यसले असर पार्नेछ ।
चीनको मेइड इन चाइना २०२५ नीति अन्तर्गत उत्पादित वस्तुहरूलाई अमेरिकाले निशाना बनाएको देखिएको छ ।
यसको प्रत्युत्तरमा चीनले तारो बनाएका अमेरिकी क्षेत्रहरूमा कृषि क्षेत्र , कार क्षेत्र र चिकित्सा क्षेत्रका उत्पादन क्षेत्रहरू रहेका छन् ।
अमेरिकी कृषि क्षेत्रमा क्रियाशील अमेरिकी किसानहरू प्रभावित हुनेछन् ।
यो क्षेत्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिकरूपमा मतदाता (भोट बैंक) छ ।
यो क्षेत्रका ९१ प्रतिशत ५४५ उत्पादनहरूमा चीनले महशुल थपिरहेको छ ।
कार क्षेत्रका कम्पनीहरू फिएट, टेस्ला र क्रिसलरका उत्पादनहरू प्रभावित हुनेछन् ।यी कम्पनीहरूको चिनियाँ निर्यातमा असर पार्नेछ ।
अमेरिकाको चिकित्सा क्षेत्रका उत्पादनहरू प्रभावित हुनेछ । कोइला र पेट्रोलियम पदार्थ पनि प्रभावित हुनेछ तर यसमा केही मात्र असर पर्नेछ ।
अमेरिकासँग व्यापार युद्ध लडन चिनियाँ अभिव्यक्तिहरू आक्रामक रहेका छन् ।
सिल्क रोड रिसर्चका विनेश मोतवानीले भने “चीनमा हाम्रा औद्योगिक सम्पर्कहरूले चीजहरू गम्भीर देखिएको जनाएका छन् ।अझ यो खराब हुने देखिन्छ ।”
उनका यी चिन्ताहरूले व्यवसाय क्षेत्रको चिन्ता बढाएको छ र विश्वासलाई घटाएको छ ।यसले अनिश्चितता फैलाउन खोजेको छ ।
व्यापार युद्ध भएन अमेरिका र चीनका अर्थतन्त्रहरू सबै भन्दा बढी जोखिम पर्नु स्वाभाविकै छ । तर यसबाट बाँकी सबै अर्थतन्त्रमा जोखिम पु-याउने नै छ ।
डीबीएसका प्रमुख तैमुर बेगले जनाए अनुसार दुबै अर्थतन्त्रको जीडीपीलाई ०.२५प्रतिशतले यो वर्ष घाटा हुनेछ ।
यसको नराम्रो असर जीडीपीमा अर्को वर्ष हुनेछ ।
अर्को वर्ष जीडीपीमा ०.५ प्रतिशतले घटनेछ ।
उनका अनुसार चीन भन्दा बढी क्षति अमेरिकालाई हुने भएको छ ।
दक्षिण कोरिया, सिंगापुर, ताइवानजस्ता देशहरूको अर्थतन्त्र पनि प्रभावित हुनेछ ।
उनीहरूको आपूर्तिक्रममा बाधा उत्पन्न भएर उनीहरूको अर्थतन्त्रलाई असर पु¥याउने देखिएको छ ।
चीनमा क्रियाशील अमेरिकी कम्पनीहरूमाथि चीनले समस्या उत्पन्न गराउनेछ । एलन मस्कको विद्युतीय कार कम्पनी टेस्लालाई समस्यमा उत्पन्न हुनेछ ।
सन् १९३०मा अमेरिकी स्मूट हवली महशूल बृद्धि कार्यान्वयन हुँदा उत्पन्न व्यापार युद्धले विश्वव्यापी व्यापारलाई ठूलो क्षति भएको इतिहासले दर्शाउँछ ।
सन् १९२९ देखि १९३४सम्म विश्वव्यापी व्यापार ६६ प्रतिशतले घटेको थियो ।
अमेरिकाको युरोपबाट हुने निकासी र पैठारी करिब दुई तिहाइले घटेको व्यापार इतिहास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया