मानसरोवर तीर्थाटनमा थप ३ भारतीय तीर्थयात्रीको मृत्यु

सुर्खेत : नेपाल हुँदै तिब्बतको मानसरोबर तीर्थाटनमा गएका थप ३ भारतीय तिर्थालुको मृत्यु भएको छ ।

असार १७ र १८ गते एक पुरूषसहित दुर्इ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

चीनको डोरपाकमा एम.०९०१३०३ नम्बरको भारतीय राहदानीधारी अान्द्र प्रदेशका विनिता सञ्जय खिदाकरको मृत्यु भएको छ । यस्तै, उनका छोरा केटन सञ्जय खिदाकरको मञ्जुरी लिएर कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ । 

यसैगरि, एल.५४८६५९५ नम्बरको भारतीय राहदानीधारी केरला लम्किडका  ५६ वर्षीया महिला लीलानारायण म्याण्डेथको सिमकोटमा मृत्यु भएको छ । उनको शव परिक्षणका लागि काठमाडाैं लगिएको छ । 

आर.९३२७८६७ नम्बरको भारतीय राहधानीधारी सत्यालक्ष्मी नारायणको पनि ताक्लाकोटमा मृत्यु भएको छ। उनको शवलार्इ नेपालगञ्ज हुँदै भारत लगिएको छ। यी सवैको हिँड्ने क्रममा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?