भीमसेन थापा स्मृति पुरस्कार डा. हेल्पटनलाई

काठमाडाैं : राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. जोन हेल्पटनलाई प्रदान गर्ने निर्णय गरेको छ । 

नेपालको इतिहासबारे गहन अध्ययन, अनुसन्धान तथा लेखनमा विशिष्ट योगदान पु-याई नेपालको इतिहासलाई विश्वको सामुन्ने प्रस्तुत गरेको जनाउँदै प्रतिष्ठानले हेल्पटनलार्इ ५१ हजार १११ रूपैयाँ राशिको सो पुरस्कारबाट पुरस्कृत गर्न लागेको हो । 

आउँदो साउन ९ गते काठमाडौँमा आयोजना हुने भीमसेन थापाको २४३ औँ स्मृति दिवस विशेष समारोहमा डा. हेल्पटनलाई पुरस्कारका साथै ताम्रपत्रद्वारा सम्मानित गरिने प्रतिष्ठानले बुधबार जनाएको छ । 

डा. हेल्पटनले नेपालको इतिहासका विविध पक्षबारे गहन अध्ययन गरी केही पुस्तक र दर्जनाैं अनुसन्धानात्मक लेख लेखेका छन् । 

उक्त पुरस्कारका लागि विज्ञहरुको चयन समितिको सिफारिसका आधारमा प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा हालै बसेको प्रतिष्ठानको बैठकले अनुमोदन गरेको हो । 

विगत दुई दशकदेखि क्रियाशील यस प्रतिष्ठानले इतिहासका क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?