एजेन्सी : रुसमा जारी फुटबल विश्वकप २०१८को फाइनलमा इंग्ल्यान्ड पुगे बेलायतको अर्थतन्त्रलाई अबौं मूल्यको फाइदा हुने अनुसन्धानले देखाएको छ ।
सेन्टर फर रिटेल रिसर्चले गरेको अध्ययनबाट बेलायतको अर्थतन्त्रमा अतिरिक्त १ अर्ब पाउन्डस्टर्लिंग भन्दा बढीको खर्चभइ फाइदा हुने जनाएको छ ।
सेन्टरले इंग्ल्यान्डले विश्वकपमा आफ्नो स्थान फाइनलमा सुरक्षित गरे त्यसले बेलायती अर्थतन्त्रमा २.७ अर्ब पाउन्डस्टर्लिंगको खर्च भएर फाइदा हुने भएको अनुमान गरेको छ ।
बेलायतका फ्यानहरूले गर्ने खर्चबाट बेलायती अर्थतन्त्रलाई फाइदा हुनेछ । घरमा म्याच हेर्न अघि उनीहरू खानेकुरा र पिउने कुरामा खर्च गर्नेछन् ।
यसबाट अर्थतन्त्रलाई फाइदा हुनेछ ।
सीआरआरका निर्देशक प्रोफेसर जोसुआ बामफिल्डले जनाए अनुसार सन् २०१४को विश्वकपको तुलनामा ८० करोड पाउन्डस्टर्लिंग बढी यो वर्ष खर्च भयो ।
सन् २०१४मा इंग्ल्यान्ड नकआउट चरणमा पुग्न अघि नै हराएको थियो ।
यसअघिको विश्वकपमा इंग्ल्यान्ड फुटबलरले गर्ने हरेक गोलबाट इंग्ल्यान्डको खुद्रा बिक्रेताहरूलाई १६ करोड ५३लाख पाउन्डस्टर्लिंगको फाइदा गरेको थियो भने मदिरालय, होटल र रेस्टरन्टलाई अतिरिक्त ३ करोड ३२ लाख पाउन्डस्टर्लिंगको फाइदा गराएको थियो ।
विश्वकपका बेला बेलायतीहरूले साथीभाइहरूसँग बसेर खाने रमाउने गर्ने गर्छन् ।
पानामा म्याचका बेला ग्रिन किगले ५ लाख पाउन्ड स्टर्लिंगको अतिरिक्त बिक्री गरेको थियो ।
खेल शुरू हुन अघि बेलायती फ्यानहरू होटल र पबहरूमा जाने गर्छन् ।
बैंक अफ इंग्ल्यान्डका प्रमुख अर्थशास्त्री एन्डी हाल्डने र मौद्रिक नीति समितिका सदस्यले भने “ विश्वकपको सफलताले अर्थतन्त्रको पुनर्जीवनलाई सघाउनेछ ।
घरधुरीहरूको खर्च बढाइरहेको देखिएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया