बाइडुले सेल्फ ड्राइभ बसको उत्पादन गर्ने

एजेन्सी : चीनको ठूला प्रविधि कम्पनी मध्येको एकले स्वचालित बस (सेल्फ ड्राइभिंग बस)को आम उत्पादन शुरू गरेको जनाएको छ ।

चिनियाँ कम्पनी बाइडुले दक्षिण पूर्वी क्षेत्र फुजियानस्थित कारखानामा सैयौं अपोलोंग  बनाइसकेपछि यो घोषणा गरेको छ ।

कम्पनीले जनाए अनुसार पहिलो यी बसहरूको बिक्री चिनियाँ बजारमा हुनेछ ।

त्यसपछि कम्पनीले विदेशी बजारमा यी सेल्फ ड्राइभिंग बसको बिक्री गरिने जनायो ।

 कम्पनीले लेभल ४ अटोनोमी तहको बस निर्माण गरिरहेको छ ।  

कम्पनीको इन्जिनियरिंग विभागले स्वचालनको स्तरोन्नति गरेको छ  ।

 अपोलोंग बसमा १४ जना बस्ने सिट छ ।

यसमा चालकको सीट हुनेछैन् ।

स्टियरिंग र पेडल हुँदैन् । यो विद्युतको शक्तिबाट गुडनेछ ।दुई घन्टाको चार्ज पछि यो १०० किलोमिटरको यात्रा गर्न सक्छ ।

यो ७० किलोमिटरको दरले गुडन सक्छ । जापानको सफ्ट बैंकले गरेको सम्झौता अनुसार कम्पनीले यो वाहन जापान पठाउनेछ ।

जापानमा यसको परीक्षण सन् २०१९को शुरूमा हुनेछ ।

अन्य कम्पनीहरूमा फ्रान्सको इजीमाइल, अस्ट्रेलियाको इनटेलिबस र दक्षिण कोरियाको केटीले सेल्फ ड्राइभिंग बसको विकास गरिरहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?