बैक अफ चाइनाले भारतमा शाखा खोल्ने

एजेन्सी : बैंक अफ चाइनाले भारतमा बैंकिंग कारोबार गर्न आफ्नो शाखा खोल्ने भएको छ ।

भारतको केन्द्रीय बैंक आरबाीआईले कारोबार गर्न इजाजत पत्र दिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना चीनको भ्रमणमा जाँदा यो बैंकलाई अनुमति दिने विषयमा चिनियाँ राष्ट्रपति सी जिनपिंगसँगको भेटमा छलफल गरेका थिए ।

चिनियाँ सरकारको स्वामित्वमा रहेको यो वाणिज्य बैंकले भारतमा शाखा खोल्न दिने विषयमा भएको मोदी सीबीचको सहमति अनुरूप आरबीआईले इजजात दिएको हो ।

भारत र चीनले दुई देशबीच सीमा विवादलगायतका कतिपय जटिल मुद्दामा मतभेद हुँदाहुँदै आथिक सम्बन्ध विस्तार गर्न जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?