सोनीले ट्रेलरको ठाउँमा पूरै सिनेमा युट्युबमा पोस्ट गरेपछि हजारौले हेरे

एजेन्सी : सोनी पिक्चर इन्टरटेनमेन्टले युट्युबमा नयाँ फिल्मको ट्रेलरको ठाउँमा पूरै फिल्म हालि दिएपछि हजारौंले हेरेका छन् ।

९० मिनेटको  “खली द किलर” नामको फिल्मको भिडियो अपलोड गरिएको थियो ।

 भूलबस यो हुन गएको थाहा पाइएपछि यसलाई त्यहाँबाट हटाइएको थियो ।

यो गलतीको खबर सीबीआरडटकमले जनाएको थियो ।

यसलाई इपिक मिस्टेक शीर्षक अन्तर्गत यो खबरलाई छापिएको थियो ।

सोनीले यो गलती पहिलो पटक गरेको छैन् ।

यसअघि सन् २०१४मा कम्पनीले हाइप्रोफाइल फिल्म “दि अमेजिंग स्पाइडर म्यान २को पूरै फिल्म पोस्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?