एजेन्सी:विकसित भइरहेको प्रविधिको सहयोगले भूइँचालो जान अघि त्यसको चाल पता लगाउन सजिलो हुन सक्ने देखिएको छ ।
आइसल्यान्डका अनुसन्धानकर्ताहरूले अहिले उपलब्ध फाइबर अप्टिक सञ्चार केबलको प्रयोग गरी भूकम्पीय गतिविधि(सिसमिक एक्टीभिटी)लाई सफलतापूर्वक पहिचान गरेका छन् ।
यस्ता केबलहरू इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन विश्वका देशभरि जमिन मूनि ओछ्याइन्छन् ।
यो विधिबाट भूमि कम्पनको संवेदनलाई पहिचान गर्न सक्ने पुष्टि भइसकेको छ । तर यसलाई व्यापक प्रयोगका लागि तयार गर्न सकिएको छैन् ।
यो तयार भइसकेपछि भूकम्पको जानकारी दिने विधिलाई स्मार्टफोन एपमा जोडिन्छ र सहज हुने हार्डवेयरमा जोडने जनाइएको छ ।
भूकम्पीय गतिविधिलाई सामान्यरूपमा सिसमोमिटरबाट हेर्ने गरिन्छ ।
डा. फिलिप जोसेटले नेतृत्व गरको जर्मन रिसर्च सेन्टर फल जियोसाइन्सेजको टोलीले यो विधिलाई परीक्षण गरेको छ ।
उनीहरूले १५ किलोमिटरको क्षेत्रमा ओछ्याइएको फाइबर अप्टिक केबलबाट यसको परीक्षण गरेका छन् ।
यो सन् १९९४मा आइसल्यान्डको दुई जियोथर्मल पावर प्लान्टबीच ओछ्याइएको थियो ।
डा. जोससेटले भने हामीले टाढाबाट भूकम्पको संवेदना पता लगाउन सकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया