काठमाडौं । डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)हरुको बढुवा खारेज हुने भएको छ ।
गत वर्ष भदौ १४ पछि शेरबहादुर देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभाव सशस्त्रका ५ एआइजीको जागिरमा पनि परेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै सशस्त्रका ५ एआइजी जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठको जागिर चट् हुने निश्चित भएको क्याविनेट बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार देउवा सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो । तर, सशस्त्र प्रहरी हेडक्वार्टर सूत्रले भने उनीहरु नियमित प्रक्रिया अन्तर्गत बढुवा भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया