तीन वर्षदेखि थन्केको दशरथ रंगशाला, बल्ल पुनर्निर्माणको चरणमा (फोटो फिचर)

काठमाडौं। फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबलको २१ औं संस्करण अहिले रसियामा चलिरहेको छ ।

फुटबलको इतिहास बोकेका कैयन् राष्ट्रले विश्वकपमा सहभागिता जनाएका छन् ।

तर, नेपालमा भने मुलुककै इज्जत बोकेको अन्तर्राष्ट्रिय दशरथ रंगशाला तीन वर्षअघि आएको विनाशकारी भूकम्पले  थलिएको थियो । यतिबेला भने क्षतिग्रस्त रंगशालाको पुनर्निर्माण थालिएको छ ।

रंगशाला क्षतिग्रस्त भएपछि नेपालको खेल जगत लामो समयदेखि प्रभावित भएको थियो । नेपालको एकमात्र रंगशालालाई देशको पहिचान र खेलाडीका लागि पाठशालाका रुपमा लिइन्छ ।

भूकम्प गएको तीन वर्ष बित्दा पनि पुनर्निर्माणमा ढिलाइ हुँदा नेपाली खेलाडीहरुले नियमित अभ्यास गर्नबाट वञ्चित छन् । ६ दशक पुरानो रंगशालाको पुननिर्माण मात्र नभएर स्तरोन्नतिको पनि आवश्यकता भएको खेलकुद विज्ञहरु बताउँछन् । 

विगत तीन वर्षयता यहाँ कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र हैन, घरेलु फुटबल प्रतियोगिता समेत आयोजना हुन सकेका छैनन् ।

खेलाडीहरुले लगनखेलस्थित आर्मीको खेल मैदान र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरलगायत विभिन्न ठाउँमा नियमित अभ्यास गर्दै आएका छन् ।
तीन वर्षदेखि थन्केको दशरथ रंगशालाले अहिले भने पुनर्निर्माणको मौका पाएको छ ।

आगामी चैतमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ लाई मध्यनजरमा राख्दै मर्मत कार्यलाई तीव्र बनाइएको बताइन्छ ।

मर्मतसँगै सागको उद्घाटनमा फुटबल र एथ्लेटिक्सका खेलहरु हुनेछन् । सरकारले यसैको तयारीमा रंगशाला निर्माणमा जुटेको छ । 

तस्वीरमा हेर्नुहोस् बन्दै गरेको दशरथ रंगशालाः


तस्वीरः बिनोद थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?