प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

लोकपथ
63
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीको सभा होटल रेडिसन काठमाडौंमा आज सम्पन्न भएको हो ।

सभाले वार्षिक प्रतिवेदन पारितसहित लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।

यस्तै, कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम र दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?