काठमाडौं। आउँदो अगस्त १४ तारिख देखि इण्डोनेशियाको राजधानी जकार्तामा शुरु हुन लागेको एसियन गेम्स ‘एसियाड’को पुरुष फुटबलतर्फ नेपाल समूह ‘डी’ मा परेको छ ।
आयोजक राष्ट्र इण्डोनेसियासहित सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जारी विश्वकप फुटबलमा सहभागिता जनाएको जापान सहित नेपाल, भियतनाम र पाकिस्तान समूह ‘डी’मा रहेको छ ।
त्यस्तै, समूह ‘ए’ मा इण्डोनेशिया, हङ्गकङ्ग, लाओस र चाइनिज ताइपेइ छन् भने समूह ‘बी’ मा थाइल्याण्ड, उज्बेकिस्तान, बंगलादेश र कतार छन् । यता समूह ‘सी’ मा इराक, चीन, टिमोर लिस्टे र सिरिया छन् । दक्षिण कोरिया, किर्गिस्तान, मलेसिया र बहराईन समूह ‘ई’ रहेको छ ।
त्यसैगरी समूह ‘एफ’ मा उत्तर कोरिया, साउदी अरेयिबा, इरान र म्यानमार रहेका छन् । प्रत्येक समूहबाट शिर्ष दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् । प्रतियोगिता सेप्टेम्बर १ तारिखसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया