काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ को आयोजनामा तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि सुरु भएको छ ।
खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समावेश विभिन्न ४ खेलका प्रतिनिधिलाई खेल सामाग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल खुला गरी ४ खेल समावेश छन् । तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयका २ सय ५६ खेलाडी सहभागी छन् ।
यसैविच टेबलटेनिसतर्फ पुरुष सिंगल्समा त्रिभूवन विश्वविद्यालयका ‘टीयू’ का टेन्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेन्डीले काठमाडौं विश्वविद्यालयका करण राईलाई ४–३ तथा नारायणले सन्दिप भुर्तेललाई ४–१ ले पराजित गरे ।
महिला सिंगल्समा केयूकी नम्रता ढकालले टीयूकी ज्योति खनाललाई ४–१ तथा केयूकी रेजशा खोटियाले टीयूकी सिजा अर्याललाई ४–० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया