विजय माल्याको बेलायती सम्पत्तिको खोज गर्न अनुमति

एजेन्सी : बेलायतको एक उच्च अदालतले दिएको फैसलाबाट भारतबाट फरार भइ बेलायतमा बसिरहेका व्यवसायी विजय माल्याको स्वार्थलाई धक्का लागेको छ ।

 उच्च अदालतका एक न्यायाधीशले १३ भारतीय बैंकहरूको संघको पक्षमा आदेश दिएका छन् ।

यो आदेशबाट उच्च अदालतका अधिकारीले बेलायतका रहेको माल्याको सम्पत्तिको खोजतलाश गर्ने भएका छन् । 

तर माल्या बस्ने घेरा भित्र प्रवेश गर्न पाउने अधिकार आदेशमा दिइएको छैन् ।

यो आदेशको अर्थ बैंकले आफ्नो वक्यौता रकम असुल गर्न एक विकल्प प्राप्त गर्नुे छ ।

तर आवश्यक परेका बेलामात्र माल्या बस्ने घेरा भित्र बलको प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।

माल्याका विरूद्ध ९ हजार करोड भारतीय रूपैया ठगी गरेको अभियोग लगाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?