एजेन्सी : जापानका धर्मगुरू शोको आसाहारालाई विषालु ग्यासबाट मानिसहरूको नशातन्त्रमा आक्रमण गराएको अभियोगमा मृत्युदण्ड दिइएको छ ।
सन् १९९५मा टोकियोको भूमिगत क्षेत्रमा विषालु ग्यासको आक्रमण गरिएको थियो ।
त्यो सरिन आक्रमणबाट १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।
यो घटनालाई जापानको सबैभन्दा निकृष्ट आतंकवादी आक्रमण मानिएको छ ।
आसाहाराले अउम शिनरिकयो नामक धार्मिक सम्प्रदाय चलाउँदै आएका थिए ।
त्यो समूहका अन्य १२ जनालाई पनि मृत्युदण्ड दिइने जनाइएको छ ।
सबै आरोपितहरूले आफ्नो अन्तिम पुनरावेदन गर्ने समय पूरा भइसकेपछि मात्र उनीहरूलाई मृत्युदण्डका लागि अधिकारीहरू पर्खिबसेका थिए ।
यो आक्रमण २० मार्च १९९५मा यो सम्प्रदायका सदस्यहरूले सरिन ग्यास राजधानी टोक्योको भूमिगत बाटोमा छाडेका थिए ।
उनीहरूले एउटा झोलामा सरिनको तरल पदार्थलाई राखेर त्यो झोलामा प्वाल पारिदिएका थिए ।
त्यसबाट त्यो ग्यास बनेर मानिसहरूका नशातन्त्रमा आक्रमण गरेको थियो ।
यो ग्यासले मानिसहरूलाई वान्ता गराउने आँखा नदेख्ने बनाउन र पक्षाघात गराउने गरी आक्रमण गरेको थियो ।
यसबाट १३ मानिसको ज्यान गएको थियो ।
यो घटनामा अउमका सदस्यहरू मध्ये १३लाई मृत्युदण्ड दिनुपर्ने माग गरी मुद्दा चलाइएको थियो । त्यसमा आसाहारा समेत रहेका थिए ।
अन्य ६ जनाले आजीवन काराबासको सजाय भोगिरहेका छन् ।
अउम शिनरिकयो सम्प्रदायको अर्थ सर्वोच्च सत्य हुन्छ ।
यो १९८०मा हिन्दु र बौद्धका विश्वास र आस्थामा विकास गरिएको थियो ।
चीजुओ मातासुमोतोले पनि चिनिने शोको आसाहाराले आफूलाई बौद्ध पछिको ज्ञान प्राप्त गर्ने व्यक्तिको रूपमा घोषणा गरेका थिए ।
सन् १९८९ सम्म विश्वभरि आसाहाराले लाखौं अनुयायी बनाउन सफल भएका थिए ।
१९९५को आक्रमण पछि यो समूह समाप्त भएन ।भूमिगत भयो । यसले नाम फेरेको छ ।
अलेफ वा हिकारी वा वाले चिनिन्छ ।
अउम शिनरिकयो नामक एक आतंकवादी संस्था अमेरिकामा संगठित भएको थियो ।
जापानमा अलेफ र हिकारी दुबै वैध संस्थाको रूपमा सक्रिय छ ।
रुसले यो समूहमाथि सन् २०१६मा कारबाही गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया