आप्रवासी परिवारबाट छु्ट्टयाइएका बालबालिकाहरूको डीएनए परीक्षण गर्न आदेश

एजेन्सी : अमेरिकी अधिकारीहरूले आप्रवासी परिवारबाट छुट्टयाइएका बालबालिकाहरूको डीएनए परीक्षण गर्न आदेश दिएका छन् ।

अमेरिका मेक्सिको सीमाबाट अवैधरूपमा प्रवेश गर्न खोजेका परिवारहरूका बालबालिकाहरूलाई उनीहरूबाट छुट्टयाएर राखिएको छ ।

उनीहरूको पुनर्मिलनका लागि  डीएनए परीक्षण गर्न यो आदेश दिइएको हो ।

अमेरिकाको स्वास्थ्य मन्त्री अलेक्स अजरले परिवारहरूसँगको पुनर्मिलनका लागि यो परीक्षण आवश्यक भएको जनाए ।

छुट्टयाइएर राखिएका ती बालबालिकाहरूमा १०० बालबालिका पाँच वर्ष मुनिका रहेहका थिए ।

अधिकारकर्मीहरूले डीएनए परीक्षणको आँकडा सरकारले अन्य उद्देश्यका लागि  गर्न लागेको त होइन भनेर चिन्ता व्यक्त गरेका छन् ।

साथै डीएनए परीक्षणका लागि बालबालिकाहरू धेरै कम उमेरको भएको उनीहरूले आलोचना गरेका छन् ।

३ हजार बालबालिकाहरूलाई उनीहरूका आमाबाबुसँग छुट्टयाइएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?