भारतले पनि बनायो अंतरिक्षयात्री फर्काउने प्रविधि

एजेन्सी  : भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आफ्नो मानव अन्तरिक्ष अभियान अन्तर्गत एक ठूलो सफलता प्राप्त गरेको छ ।

इसरोले इस्केप क्रु सिस्टमको सफल परीक्षण गरेको छ । यो परीक्षण अन्तरिक्ष यात्रीको सुरक्षासम्बन्धी विषयमा महत्वपूर्ण मानिन्छ ।

यो सुविधा अहिलेसम्म विश्वका तीन देशसँग मात्र रहेको छ । अमेरिका , रुस र चीनसँग यो प्रविधि पहिलेदेखि नै रहेको छ ।

बिहीबार गरिएको परीक्षणबाट यो सफलत भारतलाई प्राप्त भएको हो ।यो अभियान अन्तर्गत अन्तरिक्षमा गएका व्यक्तिहरू बंगालको खाडीमा २.९ किलोमिटरको यात्रा गरी प्यारासुटको सहयोगबाट तल

सफलता पूर्वक ओर्लन सफल भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?