काठमाडौं। आगामी जुलाई २९ तारिखमा लर्ड्समा आयोजना हुने त्रिकोणात्मक श्रृखंला क्रिकेटका लागि २० सदस्यिय नेपाली टिमको घोषणा गरेको छ ।
नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो विदेश भ्रमणका लागि टिमको घोषणा गरेको हो । बेलायतमा हुने एमसीसी र नेदरल्याण्डसविरुद्धको खेल र नेदरल्याण्डमा हुने घरेलु टिम विरुद्धको एकदिवसिय खेलका लागि २० सदस्यिय टिमको घोषणा शुक्रबार गरेको हो ।
दुई वटा अन्तर्राष्ट्रिय श्रृखंलाका लागि घोषणा गरिएको टिममा विनोद भण्डारी, सुवास खकुरेल र प्रदिप ऐरीले कमब्याक गरेका छन । त्यस्तै, हरी क्षेत्रीले पहिलो पटक टिममा स्थान बनाएका छन । क्षेत्री प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा इमर्जिङ प्लेयर (उदयमान खेलाडी) बनेका हुन् ।
पारस खड्काको कप्तानीमा रहेको टोलीमा अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी छन् । त्यस्तै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, सुनिल धमला र सुशान भारी पनि टोलीमा छन् ।
नेपालले घरेलु टिमसँग अगष्ट एक र तीनमा दुई खेल खेल्नेछ । नेपाली टिमले शनिबार देखि बन्द प्रशिक्षण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया