असार १२ गते हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षिया माया विकको जबर्जस्ती करणी पछि हत्या अभियोगमा प्रहरीले आज कैलालीमा ५ जना लाई पक्राउ गरेको छ ।
प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका मुख्य योजनाकार गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, १९ वर्षका तपेन्द्र बोगटी र २० वर्षका भुवन खाती रहेका छन् ।
उनिहरु लाई आजै जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।
पक्राउ परेका मध्य गणेश बडुवाल योजनाकार रहेको कैलाली प्रहरी प्रमुख बिनोद घिमिरेले बताए ।
मृतक युवतीको शव गौरीगंगा नगरपालिका पञ्चवटी सामुदायक बनमा फेला परेको थियो ।
विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्धा दर्ता गरेका थिए ।
विकको शव घाँटी र हात बाँधिएको अवस्थामा फेला परेको थियो ।
बीच जंगलमा दोपट्टाले घाँँटी र सुरुवालले दुवै हात पछाडि बाँधिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
गौरीगंगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् ।
घाँटी र हात बाँधिएको अवस्थामा अर्धनग्न अवस्थामा शव भेटिएकाले बलात्कार पछि हत्या भएको हुनसक्ने आशंकामा आफन्तले घटनाको छानविनको माग गर्दै असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
हत्या आरोपित बडुवाल र सुरज चौधरी समेत तथ्याङ्क संकलन गर्ने कार्य गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया