अब प्रदेश ४ को नाम गण्डकी

कास्की । प्रदेश ४ को नाम गण्डकी राखिएको छ । 

शुक्रबार प्रदेश ४ को प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ । 

प्रदेश ४ को नाम गण्डकी राख्ने प्रस्तावको पक्षमा ५४ मत परेको थियो भने विपक्षीमा दुई मत खसेको छ ।

प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान–मगरात लगायतको विकल्प दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?